१४ बैशाख २०८१, शुक्रबार
Header

पूर्वाधार क्षेत्रका लागि स्थापना भएको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा


प्रकाशित: बुधवार, २२ फागुन २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । पूर्वाधार क्षेत्रमा लागनी गर्ने उदेश्यले २० अर्व लगानीमा स्थापित भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा आएको छ । 


अर्थमन्त्री युवराज खतिवडाले बुधवार बैंकको उद्धघाटन गरी सञ्चालनमा ल्याएको हो । 


भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको बैंकमा सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानी रहेको छ । 


मन्त्री खतिवडाले वर्तमान वित्तीय प्रणालीमा बैंकले परिपूरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै देश विकासका निम्ति अपरिहार्य दीर्घकालीन पूर्वाधार परियोजनामा पूँजी परिचालन गर्न सुझाउँदै नवीकरणीय ऊर्जा, जलविद्युत, पर्यटन र शहरी पूर्वाधारमा लगानी गर्न आग्रह गरे । 


नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने राज्यका लक्ष्य प्राप्तिमा सक्रिय रहन आग्रह गरे । 


बैंकका अध्यक्ष अनुज अग्रवालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई साकार पार्न दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता गरे ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD