काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधवार विहान प्रेसर कुकर बम विस्फोटन भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बिहान ७ बजेर ४५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटनबाट उनको घरको भित्ता र कम्पाउण्डमा क्षति पुगेको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान अघि बढाएको सञ्चारमाध्यमहरुलाई जानकरी दिएको छ ।
प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ७ गते राजीनामा दिएका थिए ।
Categorized in राष्ट्रिय