७ बैशाख २०८१, शुक्रबार
Header

पूर्वयुवराज पारशले प्रहरीमाथि हातहालेपछि.....


प्रकाशित: सोमबार, २ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । पूर्व युवराज पारश शाहले त्रिभुवन विमानस्थलमा प्रहरीमाथि हातपाथ गरेपछि यतिखेर चर्चाको विषय बनेको छ ।


पारश शाहले आईतवार आफ्ना आमा कोमल शाहलाई बैंकको लागि विदाई गर्न जाँदा प्रहरी नायब निरिक्षकमाथि दुव्र्यवहार गरेका छन । 


पारससँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह विमानस्थल पुगेपिछ ज्ञानेन्द्र र कोमलको तस्वीर अंकित टि–शर्ट लगाएका समर्थकहरुको ठुलो भीड थियो । 


यसैविच प्रहरीले राजपरिवारका सदस्यहरुलाई पनि नारालगाउने भनेर रोक्न खोज्दा पारशले प्रहरीलाई छातीमा धक्का दिएको थियो । पारसको धक्का बाट प्रहरी नायव निरिक्षक हुत्तिएका थिए भने फेरि पारस फर्केर उनीमाथि जाईलाग्न खोजेको थियो । 


यो घट्नाले फेरि राजतन्त्रको अवशेष अझै बाँकी रहेको बजारमा चर्चा हुन थालेको छ । विगतमा जस्तै पारशले दादागिरी देखाएको भन्दै आलोचना हुन थालेको छ । 


प्रधानमन्त्री ओलीले आईतबार मात्रै संसदलाई सम्बोधन गर्दै राजतन्त्र बेमौसी बाजा भएको भनेको थियो । प्रम ओलीले राजतन्त्र फर्कने हल्ला र उनीहरुको गतिविधीप्रति सरकार संयम मात्र भएको बताएका थिए ।


प्रधानमन्त्रीले संसदबाट राजावादीहरुलाई चेतावनी दिँदै भनेका छन, ‘ती शक्तिहरु ज्युँदै हुँदा तिनलाई हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्नेखालका पनि परिकल्पना गरेर उफ्रेको  देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्थ्यो ।’


तर सोही दिन खुला रुपमै विमानस्थालमा सरकारका सुरक्षाकर्मीमाथि हातपात भएको घट्नाले ओली सरकारलाई उल्टै चेतावनी दिएको छ । 


पारस शाहलाई ओली सरकारले कसरी कार्वाही अघि बढाउँछ त्यो भने हेर्न बाँकी छ । 

 

 

 


 

 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD