१५ बैशाख २०८१, शनिबार
Header

पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार


प्रकाशित: मंगलवार, १४ जेठ २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपालको पूर्व क्षेत्रमा यतिखेर पेट्रालियम पदार्थको हाहाकार भएको छ । 


भारतले अनलाईन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरेपछि नेपाली टयांकर चार दिनदेखि भारतीय भन्सार नाकामै थन्किएका छन । 


नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलका अनुसार भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेर राखेको छ । 


सबै टयांकर थन्केपछि मेची अञ्चलका सबै पेट्र«ोलपम्पहरु बन्द हुँदा पूर्वी क्षेत्रमा पट्रोलको अभाव हुन थालेको पौडेलले बताएका छन । 


भन्सार नाकामा पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन । 


चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । 


पौडेलका अनुसार सिस्टमले काम नगरेको भन्दै भारतीय भन्सार अधिकारीहरुले टयांकरहरुलाई अघि बढन नदिँदा समस्या उत्पन्न भएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD