१५ बैशाख २०८१, शनिबार
Header

पूर्वमन्त्री नबीन्द्रराज जोशीको बुवाको नाममा गजेन्द्र स्मृति कोष स्थापना


प्रकाशित: शुक्रवार, ३ फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाली नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वर्गीय बुवा गजेन्द्रराज जोशीको स्मृतिमा गजेन्द्र स्मृति कोष स्थापना गरिएको छ ।


शुक्रवार एक कार्यक्रमविच वीर अस्पतालमा रु १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गरिएको हो । 


नेता जोशीकी आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण गरेका थिए । 


कार्यक्रममा नेता जोशीले अर्थभावका कारणले कुनै पनि बिरामी औषधि उपचारबाट वञ्चित हुन नपरोस भन्नका लागि उक्त कोष स्थापना गरिएको जानकारी दिए ।


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा सुवोध अधिकारीले काङ्ग्रेस नेता जोशीले गरीब तथा असहायको उपचारका लागि गरेको सहयोग उदाहरणीय रहेको बताए । 


न्याम्सका रजिष्ट्रार डा विश्वराज जोशीले उपचारका लागि आउने असहाय बिरामीलाई यस कोषबाट उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा बस्नेतले अक्षयकोषको सदुपयोग गर्ने र आगामी दिनमा यस्ता कोषलाई थप गर्दै लैजाने प्रतिवद्धता जाहेर गरे । 


गजेन्द्रका छोरा राजुराज जोशीका अनुसार शिक्षा क्षेत्रको विकासका लागि पर्सामा गजेन्द्रले नेपाल राष्ट्रिय गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालय स्थापना गरिएको छ । 


गजेन्द्रराज जोशीको गतवर्ष माघ ५ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD