काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्द्यर शाक्यको पालमा सम्झौता भएको ३ वटा दमकल आईपुुगको छ ।
दमकल अहिले राष्ट्रिय सभागृहमा राखिएको छ । पहिले भएको खरिद प्रक्रिया अनुसार दमकल ल्याएको हो । महानगरमा दमकल आईपुुगेको काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (वालेन)ले जानकारी दिएका छन ।
उनले भने,‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।’
महानगरवासीलाई सावधानी आपनाउनु सबैभन्दा उत्तम उपाय भएको उनले बताउदै भने, तर सकेसम्म अग्नीदुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पुर्वतयारी गरौँ ।’
Categorized in स्थानिय