८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त,  फागुन २१ मा निर्वाचन घोषणा


प्रकाशित: शनिवार, २८ भाद्र २०८२, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार  पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएकी छन । 


जेन–जी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनपछि कार्की शुक्रबार अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त भएकी हुन । 


उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेकी छन । प्रधानमन्त्री नियुक्त भएपछि उनले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटनको सिफारिस गरिन, जुन राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन ।


राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घोषणा गर्दै आगामी फागुन २१ गते निर्वाचन गर्ने मिति तोक्नुभएको छ । यससँगै देश नयाँ चुनावतर्फ प्रवेश गरेको छ ।


सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनको दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । त्यसपछि चरणबद्ध छलफलपछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सहमति जुटेको थियो ।


प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै देशलाई निकास दिने प्रमुख जिम्मेवारी पाएकी छिन । 


उनको पहिलो प्राथमिकता भ्रष्टाचारविरुद्ध उच्चस्तरीय छानबिन, जेन–जी आन्दोलनमा भएको दमन तथा आगजनीको अनुसन्धान, र निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताइएको छ ।


शपथपछि पहिलो मन्त्रिपरिषद् बैठकमै जननिर्वाचित संसद् विघटन गर्ने निर्णय ऐतिहासिक मानिएको छ । मुलुकको इतिहासमा नवगठित सरकारले पहिलो निर्णयमै संसद् भंग गरेको यो दुर्लभ उदाहरण हो ।


अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार केही दिनभित्र हुने अनुमान छ । 


कार्कीको नियुक्तिले नयाँ राजनीतिक अध्याय सुरु गरेको भए पनि आगामी दिनमा प्रमुख दलहरूको समर्थन र संवैधानिक चुनौती पार गर्नुपर्ने ठूलो जिम्मेवारी उनको काँधमा छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex