काठमाडौं । मुलुकमा देखिएको चरम भ्रष्टाचारविरुद्ध नेपाली प्रहरीका पूर्वडिआईजी रमेश खरेलले अभियान चलाउने भएका छन ।
‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान नाम दिएको सो अभियानले देशमा भएका विकृति, बिसंगति, भ्रष्टाचार, कुशासनको विरोध गर्न र जनतालाई सचेत बनाउन अभियान सुरू गर्न लागेको खरेलको भनाई छ ।
अभियानको विहिवार दिउँसो क्रिस्टल पार्टी भेन्यु बिजुलीबजारमा गरि अयिभानबारे सार्वजनिक गर्ने समेत खरेलले सञ्चारमाध्यमहरुलाई बताएका छन ।
अभियानमा पूर्वरक्षा सचिव देवेन्द्र सिटौला, अभियन्ता ज्ञानेन्द्र शाहीलगायत छन ।
डिआईजी खरेलले खरेलले २०७४ साल चैतमा डिआइजीबाट राजीनामा दिएका थिए ।
Categorized in राष्ट्रिय