७ बैशाख २०८१, शुक्रबार
Header

पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राखिने, बिहिबार बयान लिने


प्रकाशित: बुधवार, २७ बैशाख २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री खाँडलाई ३ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौले अनुमति दिएको छ । 


बुधबार न्यायाधीश उत्तम सिलुवालको इजलासले खाणलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको हो । 


खाँणलाई आज दिउँसो उनकै निवास मैजुुबहालबाट पक्राउ गरेका थिए । प्रहरीले उनका पिए नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 


भोली (बिहिबार) खाँणलाई सरकारी वकिलको कार्यलय काठमाडौंमा बयान लिने तयारी गरिएको छ । 


सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणिका अनुसार  आज उहाँको म्याद थप गर्ने काम सएिकोले भोली बायन लिन खोजिएको हो ।  


प्रहरीले अहिलेसम्म यस प्रकरणमा १२ जनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा रहेका छन ।

 
त्यसैगरी, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार पक्राउ परेका छन । 


प्रहरीले उनीहरुमाथि ठगी तथा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD