१४ भाद्र २०८३, आइतबार
Header

पूर्वगृहमन्त्री खड्का निधन



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । शर्माले टिवट् गर्दै “भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ । उहाँको आत्माले शान्ति प्राप्त गरोस् । कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु !! ” भनी टिव्ट गरेका छन् । 
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित खड्का मिर्गौला प्रत्यारोपण गरेकास्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलाई नयाँ दिल्ली लगिएको थियो ।
 प्रकाशित मिति ः २०७४ चैत्र १६ शुक्रवार ७ः२१
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex