२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पूर्वकुमारी तृष्णा शाक्यलाई कुमारी बैंकबाट छात्रबृति रकम हस्तान्तरण


प्रकाशित: विहिवार, १३ कात्तिक २०८२, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । कुमारी बैंकले पूर्व कुमारी तृष्णा शाक्य लाई शैक्षिक छात्रवृत्ति स्वरूप रकम हस्तान्तरण गरेको छ ।


बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष बैंकले एक लाख रुपैयाँका दरले छात्रवृत्ति रकम संकलन गर्दै आएको थियो ।


उक्त रकमबाट स्थापना गरिएको कोषमा जम्मा भएको कुल ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा बैंकले एक औपचारिक समारोहबीच निवर्तमान कुमारीलाई हस्तान्तरण गरेको हो ।


बैंकका अनुसार यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पछि उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्‍याउनु हो । 


कुमारी बैंकले यो परम्परालाई निरन्तरता दिँदै भविष्यका जीवित कुमारीहरूका लागि पनि यस्तै सहयोग गर्दै जाने जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex