काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यू –२० महिला च्याम्पियनसिपमा नेपालकी पूर्णिमा राईले सर्वाधिक गोलकर्ताको उपाधि हात पार्दै इतिहास रचेकी छन ।
६ खेलमा कुल १० गोल गरेकी पूर्णिमाले दुई ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जितेकी हुन ।
अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएर उपविजेतामा सीमित रहँदा, बंगलादेश पाँचौं पटक उपाधि जित्न सफल भयो ।
बंगलादेशकी सागोरिका प्रतियोगिताकी मोस्ट भ्यालुएबल प्लेयर घोषित भइन ।
उनले नेपालविरुद्धको अन्तिम खेलमा एक्लैले चार गोल गरेकी थिइन् । सस्पेन्सनपछि पुनरागमन गर्दै उत्कृष्ट प्रदर्शन गरेको कारण उनको प्रशंसा गरिएको छ ।
प्रतियोगिताकी उत्कृष्ट गोलकिपरको अवार्ड बंगलादेशकी मिली अख्तरले जितिन भने फेयर प्ले अवार्ड श्रीलंकालाई प्रदान गरिएको छ ।
Categorized in मनोरन्जन