१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

पुस्तक दिवसमा पुस्ताकलय, उपलाइब्रेरीयन लगायत सम्मानित 


प्रकाशित: शनिवार, १५ भाद्र २०८१, १९ः१० बजे
- महानगरखवर

काठमाडौं । १७ औँ पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पुस्तकालय, उपलाइब्रेरीयन, पुस्तकालय सेवी लगायत सम्मानित भएका छन । 


शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा रसियन हाउस, कमलपोखरीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उनीहरुलाई सम्मान गरेको हो ।


प्रचार पचार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयका अनुसार सम्मानित हुनेहरूमा उत्कृष्ट पुस्तकालय कमीमा पोखरा विश्वविद्यालयमा कार्यरत उपलाइब्रेरीयन मिनकुमारी डल्लाकोटी, वर्ष पुस्तकालय सेवीमा गीता थापा गिरी, उत्कृष्ठ पुस्तकालयमा पर्वतको फलेबासमा सञ्चालित मोती सामुदायिक पुस्तकालय रहेका छन ।

 


उत्कृष्ठ पुस्तकालयको रुपमा सम्मानित मोती सामुदायिक पुस्तकालयलाई रत्न पुस्तकालय, बानेश्वर, काठमाडौंले पनि नगद रु. पचास हजार र कदरपत्र सहित महाकवि देवकोटा पुस्तकालय पुरस्कार, २०८१ प्रदान समेत गरिएको छ । 


सो अवसरमा मन्तब्य राख्दै मन्त्री भट्टराईले नेपालमा हालसम्म पनि पुस्तकालय सञ्चालन तथा व्यवस्थापन सम्वन्धी स्पष्ट नीति तथा कानूनको अभाव रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सक्दो पहल गर्ने बताइन । 


मन्त्री भट्टराईले पछिल्लो समयमा विकसित सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै पुस्तकालय क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउँदै विद्युतीय पुस्तकालयमा रुपान्तरण गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता समेत जनाइन । 


त्यसैरी, कार्यक्रममा बोल्ने अर्का वक्ता पूर्व मन्त्री गणेश साहले पुस्तकालय समाजको ऐना भएको बताए ।  


कार्यक्रममा रसियन हाउसका निर्देशक एन्तोन मास्लोभले नेपालमा पुस्तकालय दिवस मनाएजस्तै रसियामा राष्ट्रिय ज्ञान दिवस (National Knowledge Day) मनाउने गरिएको र यसै दिनदेखि शैक्षिक सत्रको थालनी हुने कुरा बताए । 


कार्यक्रमको समापन समारोहमा बोल्दै मूल समारोह समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले पुस्तकालयले विगतमा दिएको सेवा, वर्तमान अवस्था र भविष्यमा दिन सक्ने सेवाको आँकलन गर्दै भावी पुस्ताले गर्व गर्न सक्ने पुस्तकालय निर्माणमा राज्यले काम गरिरहेको कुरा व्यक्त गरेका थिए ।


मन्त्रालयका पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव तथा मूल आयोजक समितिका सदस्य सचिव यादवचन्द्र निरौलाको सञ्चालनमा भएको सो कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका अध्यक्ष सन्तोष रावल, नेपाल पुस्तकालय संघका अध्यक्ष पुष्पराज सुवेदी, सम्मानीत व्यक्तित्व गीता गिरी थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 
मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका प्रमुख केशव दाहालको संयोजकत्वमा गठन भएको छनोट समितिबाट छनोट भएका पुस्तकालय अभियन्ता, पुस्तकालय तथा पुस्तकालयकर्मीलाई सम्मान गरिएको थियो। 

asteriskhubs
Home Page Bottom Second


maharjan complex