काठमाडौं । आठ वटा बाणिज्य बैंकहरुले पुसको लागि आधार दर सार्वजनिक गरको छ ।
अब पुसमा ऋणीहरूले कर्जामा अधिकतम ब्याजदर १३.४ प्रतिशत तिरे हुने भएको छ । मंसिरमा यी आठ बैंकबाट कर्जा लिनेले अधिकतम १४.०४ प्रतिशत तिर्नुपर्ने अवस्था थियो ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ । मंसिरमा यी बैंकहरूको आधार दर औसत ९.८८ प्रतिशत रहेकोमा पुसमा ९.६८ प्रतिशत छ ।
बैंकहरूले आधार दरमा प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। बैंकहरूको मंसिरमा औसत अधिकतम प्रिमियम दर ४.१६ प्रतिशत रहेकोमा पुसमा यो ३.७२ प्रतिशत छ ।
पुसमा आठमध्ये राष्ट्रिय वाणिज्य बैंकमा कर्जाको ब्याजदर सबैभन्दा कम छ । राष्ट्रिय वाणिज्य बैंकको कर्जामा अधिकतम ब्याजदर ११.६४ प्रतिशत छ ।
सबैभन्दा धेरै ब्याजदर लिनेमा कुमारी बैंक छ । बैंकले १४.२८ प्रतिशतसम्म ब्याज लिने भएको छ ।
त्यसैगरी सानिमा १३.०९, नेपाल एविआईको १३.९३, सिटिजन्स बैंक १३.३९, ग्लोबल आइएमइ बैंक १३.३, सिद्धार्थ बैंक १३.५, नेपाल बैंक १४.०५ प्रतिशत कर्जाको ब्याजदर रहेको छ ।
Categorized in बैंक