१२ बैशाख २०८१, बुधबार
Header

पुष २५ गते चार घण्टा चन्द्रग्रहण लाग्ने


प्रकाशित: बुधवार, २३ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । शुक्रवार पुष २५ गते राती चन्द्रग्रहण लाग्ने भएको छ । 


४ घन्टा बढी लाग्ने यो ग्रहणलाई ‘पेनम्ब्रल’ चन्द्रग्रहण भनिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।


राति १० बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिनेछ । 


सन २०२० को पहिलो चन्द्रग्रहण हुनेछ ।


अध्यक्ष भट्टराईका अनुसार यो पेनम्ब्रल चन्द्रग्रहण भएकोले नाङ्गो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन नसकिने हुन्छ ।


सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो ।


यदि चन्द्रमामा पृथ्वीको सघन छाँया परेमा खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छाँया पर्दा पेनम्ब्रल चन्द्रग्रहण हुन्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD