काठमाडौं । बज्राचार्य क्लव, यंगाल काठमाडौंले आगामी पुष १२ गते ‘वर्ल्ड बज्राचार्य अवार्ड २०१९’ को आयोजना गर्ने भएको छ ।
राजधानीमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा पुष १२ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने आयोजकले बताएको छ ।
कार्यक्रममा संयोजक शैलेन्द्रमान बज्राचार्यले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार समाजमा विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने छ ।
मंसिर २७ गते शुक्रवार राती १२ बजेसम्म २०७६/०७/०३ देखि २०७६/०७/११ गते सम्म विश्वका कुनै पनि विद्यालय, विश्वविद्यालय सिईई देखि पिएचडी वा सो सरह उतीर्ण गरेका बज्राचार्य कुलपुत्र, कुलपुत्री र कुलबधुहरुले क्लवको वेसाईटमा गएर फरम भर्न सक्ने छ ।
सो अवसरमा सिइई देखि स्नात्तोकरसम्मको प्रत्येक तहमा सर्वोत्कृष्ट अंक ल्याउने एक जनालाई पुरस्कृति गरिने छ भने पिएडी गर्ने सबैलाई पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख छ ।
Categorized in मनोरन्जन