१३ फाल्गुण २०७६, मंगलबार
Header

पुल्चोकमा करोड रुपियाँ बराबरको सुन चोरी गर्ने ४ जना पक्राउ


प्रकाशित: बुधवार, २९ माघ २०७६, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको पुल्चोकको एक सुनपसलबाट करोड मुल्य बराबरको गरगहना चोरी गर्ने ४ जना पक्राउ परेका छन ।


शाक्य सुन पसलमा भएको चोरीमा संलग्न सुरज पोद्दार, चन्दन पोद्दार र रविन पोद्दारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले बताएका छन ।


पक्राउ पर्ने ३ जना सबै भारतीय र रहेको एक महिलालाई समेत नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ । 


गत माघ २१ गते उक्त पसलबाट सुन चोरी भएको उजुरीको आधारमा  प्रहरीले अनुसन्धान गर्दा सीसी क्यामरामा देखिएको फुटेजका आधारमा उनीहरु पक्राउ परेका हुन । 


प्रहरीका अनुसार उनीहरुले बिहानको राति २ देखि ३ बजेको बीचमा ताला फुटाएर चोरी गरेका थिए । 


कवाडी सामान संकलन गर्ने भेषमा दिनभर घुम्ने र चोरी गर्ने ठाउँ टार्गेट छान्ने चोरी गर्ने गरेको प्रहरीले बताएको छ । 
 

jibanshaili
Home Page Bottom Second


maa dakshinkali
D R Shushil
mahanagar AD
bijay card
chunikhel AD
tika travel
maharjan complex
gamal
sungava AD