१६ चैत्र २०८०, शुक्रबार
Header

पुल्चोकको आरोग्य प्रतिष्ठानका नर्समा कोरोना देखिएपछि प्रतिष्ठान सिल


प्रकाशित: बुधवार, ३१ बैशाख २०७७, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । ललिलपुरको पुल्चोकस्थित आयोरग्य प्रतिष्ठानमा कार्यरत नर्समा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठान सिल गरिएको छ । 


कोरोना संक्रमण भएकी २५ वर्षिया युवतीको प्रतिष्ठानको कर्मचारी रहेको खुलेपछि बुधवार विहान प्रशासनले उक्त प्रतिष्ठानको भवन सिल गरेको हो । 


सुनसरी झुम्काका स्थायी वासिन्दा ती युवती ३ दिन अघि पास लिएर काठमाडौं प्रवेश गरिकी थिईन । संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको छ । 


मंगलववार स्वास्थ्य मन्त्रालका अनुसार भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मध्ये एक ती युवती हुन । 


प्रतिष्ठानसँगै जोडिएको निदान अस्पतालमा पनि प्रहरीले सिल गरेको जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD