काठमाडौं । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुननिर्माणमा भ्रम सर्जना गर्न खोजेको बताएको छ ।
आइतबार जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिर संरक्षण तथा प्रवलीकरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख शाक्यले सो कुरा बताउँदै यस किसिमको भ्रमबाट सचेत हुन आग्रह समेत गरेको छ ।
स्थानीय जनता, भाषा तथा जाति सम्बन्धी खलः पुचःहरूलाई समेत भ्रमित तुल्याउन खोजिएको प्रमुख शाक्यको भनाई राखेका छन ।
‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ । कमल पोखरी पुनर्निर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका विरोध मात्र हो ।’ शाक्यले भने ।
शाक्यले महानगरपालिकाले कमलपोखरी बिगार्न वा नास्न खोजेको होइन । पहिलेभन्दा पोखरीको आकार बढाउन महानगरले काम गरेको छ । पोखरीको डिलमा रहेको प्रहरी वृत्त, क्लबको भवन हटाउने काम गरेको शाक्यले बताए ।
शाक्यले पुरातत्व विभागले कामहरु रोक्ने अनि अपजस चाही महानगरले लिनु पर्ने अवस्था यतिखेर देखिएको छ । विवाद सिर्जना भएपछि दायित्व लिन कुनै निकाय अघि नबढ्ने प्रबृति बढेको भनाई राखे ।
यता सम्पदा अभियान्ताहरुले भने कमलपोखरीको मौलिकता नष्ट गरेर व्यापरिक उद्देश्यका साथ कमलपोखरीको पुननिर्माण भईरहेको भन्दै विरोध गर्दै आएका छन ।
कमलपोखरीमा निर्माण गरिएको कंक्रिटको ढलान यतिखेर अभियान्ताहरुले भत्काई दिएका छन भने मौलिक कमल पोखरीको पुननिर्माण हुनु पर्ने भन्दै पटक – पटक अभियान्ताहरुले काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराईरहेका छन ।
Categorized in सम्पदा/संस्कृति