२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पुननिर्माणमा सरोकारवालको असहमितले ढिलाईः प्रमुख शाक्य


प्रकाशित: शुक्रवार, २६ मंसिर २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सांस्कृतिक संरचनाको मर्मत र पुननिर्माणका सरोकारवालाबीचको असहमतिले ढिलो हुने गरेको बताएका छन ।


शुक्रवार महानगरको वडा २१ गोफः टोल, माक गल्लीमा रहेको ज्यापू समाजको त्वाः छेँ (सामुदायिक भवन) शिलान्यास पछि कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा वताएका हुन । 


प्रमुख शाक्यले स्वामित्व र उपभोगका लागि विवाद हुने गरेकोले सांस्कृतिक संरचनाको मर्मत र पुननिर्माणमा ढिलो हुँदा कतिपयसंरचनाहरु नष्ट हुने अवस्थामा पनि पुग्न सक्ने बताए । 


सम्पदा बचाउन महानगरले लगानी गर्ने तथा प्रस्ताव लिएर आउन समेत सो अवसरमा प्रमुख शाक्यले आग्रह गरे । प्रस्ताव लिएर आए प्रक्रियामा ढिलाई र स्रोतको अभाव शाक्यको भनाई छ । 


करीब ६४ लाख रुपैयाँ लागतमा निर्माण हुने भवन साढे ६ तलाको भवनको कुल लागतमा १५ प्रतिशत खर्च उपभोक्ताकातर्फबाट व्यहोरिनेछ ।


सो अवसरमा पूर्व राज्यमन्त्री तीर्थराम डंगोलले सबैको मन मिले असम्भव केही नहुने धारणा राखेका थिए । उनले संस्कार, सभ्यता र परम्परा जोगाउने कुरा राजनीतिक मुद्दा होइन । यो साझा मुद्दा हो । महानगरले अहिले गरिरहेको काम राम्रो भनाई राखे ।

 
वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले भित्री सहरी क्षेत्रमा भएका सानादेखि ठूलासम्म सांस्कृतिक संरचनाको मर्मत, सम्भार वा व्यवस्थापनका लागि रकम खर्च गरेको बताए । 


सो अवसरमा ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंहले टोल घर निर्माण भएपछि स्थानीय परम्परालाई निरन्तरता दिन सजिलो बताउँदै यस बर्ष कोविड १९ को संक्रमणका कारण ज्यापू दिवस सीमित व्यक्तिहरुको उपस्थितिमा मनाइने जानकारी दिए । 


यो बर्ष दिवस मनाउन काठमाडौं महानगरले सभा गृहको मुल प्रेक्षालय उपलब्ध गराएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex