१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पुतलीसडकमा माइक्रो भ्यानको ठक्करबाट दुई बालबालिका घाइते


प्रकाशित: बुधवार, १८ भाद्र २०८२, १२ः१७ बजे
- महानगरखबर

काठमाडौं । राजधानीको पुतलीसडकमा माइक्रो भ्यानको ठक्करबाट दुई बालबालिका घाइते भएका छन । 


बुधबार बिहान करिब पौने १० बजेतिर काठमाडौं–२८ शंकरदेव क्याम्पस नजिकै बा प्र ०१–००२ च ८३२२ नम्बरको माइक्रो भ्यानले दुई बालबालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।


ठक्करबाट धनकुटाकी ५ वर्षीया बालिका सामान्य घाइते भएकी छन भने ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


बालकको टाउकोमा चोट लागेकाले उनलाई तत्काल उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको छ ।


उक्त भ्यान चालक सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २९ वर्षीय रामहरी बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex