१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पीसीआर परीक्षणको तालिका र समय सार्वजनिक


प्रकाशित: मंगलवार, ११ जेठ २०७८, १४ः३० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणकालागि समय र तालिका सार्वजनिक गरेको छ । 


कोविड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई पीसीआर परीक्षण विहान ११ बजेदेखि नियमित तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण हुनेछ ।


नयाँ तालिकाअनुसार आइतबार वडा २९ को पद्मकन्या स्कूल डिल्लीबजार र वडा ४ को विशाल मिलन केन्द्रमा परीक्षण हुनेछ । त्यसैगरी सोमबार वडा १६ को वहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा २० को शान्ति निकुञ्ज विद्यालय र वडा ३२ कार्यालय परिसरमा परीक्षण हुनेछ ।


मंगलबार वडा ८, बजबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, विहीबार बसन्तपुर र महावौद्धमा तथा शुक्रबार वडा ३ कार्यालय परिसर महाराजगञ्ज र वडा ६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ ।


परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आइएमयु (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा विरामीको विवरण भर्नु पर्छ ।


महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषालले अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आइएमयु प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो । उसको यो विवरण अनिवार्य हुने बताए । 


कुनै कारणले परीक्षण पूर्व विवरणा भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex