काठमाडौ । अंग्रेजी भाषा सिकाउने पियर इंग्लिश ल्यांग्वेज इन्सिच्युटले पत्रकारहरुलाई निःशुल्क भाषा कक्षा दिने भएको छ ।
काठमाडौंको भोटाहिटीस्थित रहेको सो इन्सिच्युटका सञ्चालक सुमन विश्वासले देशभरका पत्रकारलाई निःशुल्क अंग्रजी भाषा कक्षा उपलब्ध गराउने बताए ।
उनले अंग्रेजी भाषा सबै क्षेत्रको लागि अनिवार्य भएकोले पत्रकारहरुले पनि सहज रुपमा भाषा बोल्न र लेख्न आवश्यक हुने हँुदा इच्छुक पत्रकारहरुले सम्पर्क गरी कक्षा लिन सक्ने जानकारी दिए ।
भाषा कक्षाको लागि नेपाल सरकारको सञ्चार तथा सु्चना प्रविधि विभागको पत्रकार परिचय पत्र र सम्बन्धीत मिडिया संस्थाको सिफारिस आवश्यक पर्ने उनले बताए ।
सो इन्सिच्युटले काठमाडौ र ललितपुरका विभिन्न सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी भाषाको कक्षा सञ्चालन गरिरहेको छ ।
Categorized in समाज