काठमाडौ । अंग्रेजी भाषा सिकाउने पियर इंग्लिश ल्यांग्वेज इन्सिच्युटले पत्रकारहरुलाई निःशुल्क भाषा कक्षा कक्षा पढाउन सुरु गरेको छ ।
काठमाडौंको भोटाहिटीस्थित रहेको सो इन्सिच्युटका सञ्चालक सुमन विश्वासले देशभरका पत्रकारलाई निःशुल्क अंग्रजी भाषा कक्षा उपलब्ध गराउने उद्देश्य अनुसार बैशाख १५ गतेबाट सरु गरको बताए ।
अहिले सो भाषा कक्षाका काठमाडौंका कार्यरत पत्रकारहरु सहभागी भएको उनले जानकारी दिए । भाषा कक्षा लिनेहरुका फोनिज काठमाडौका पत्रकार, स्वतन्त्र पत्रकार, भाषिक पत्रकाहरु सहभागी छन ।
दैनिक ३ घण्टा हुने यस कक्षामा आवश्यक्ताहरु अनुसार समयको व्यवस्थापन गरेर पत्रकारहरुले कक्षा लिने सकिने छ ।
उनले अंग्रेजी भाषा सबै क्षेत्रको लागि अनिवार्य भएकोले पत्रकारहरुले पनि सहज रुपमा भाषा बोल्न र लेख्न आवश्यक हुने हुँदा इच्छुक पत्रकारहरुले सम्पर्क गरी कक्षा लिन सक्ने बताए ।
भाषा कक्षाको लागि सम्बन्धीत मिडियाको पत्रकार परिचय पत्र अनिवार्य गरिएको छ ।
सो इन्सिच्युटले काठमाडौ र ललितपुरका विभिन्न सामुदायिक विद्यालयहरुमा पनि अंग्रेजी भाषाको कक्षा सञ्चालन गरिरहेको छ ।
Categorized in समाज