काठमाडौं । काठमाडौंको बागवजारस्थित पद्कन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेपाल विद्यार्थी संघका विद्रोही उम्मेदवार भूपी ऐरको प्यानल निर्वाचित भएको छ ।
ऐरले ७३० मत ल्याएर अध्यक्षमा निर्वाचित भइन भने उनकी निकटतमक प्रतिस्पर्धी नेविसंघकी पूर्णिमाया परियारले ३७९ मत ल्याइन् ।
सचिवमा ऐर समूहकै सन्ध्या बस्यालले उनले ६९५ मत ल्याई जितेकी छिन । उनकी निकटतम प्रतिस्पर्धी विपना न्यौपानेले ३६१ मत ल्याइन्।
त्यसैगरी, कोषाध्यक्षमा पनि ऐर समूहबाट उम्मेदवारी दिएकी संकल्पिका थापाले ६६६ मत ल्याई निर्वाचित भइन । प्रतिस्पर्धी चाँदनी शाहले ४०५ ल्याइन ।
सदस्य पदमा उर्वसी पाण्डे, चेतना नहर्की, अस्मिता विश्वकर्मा, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की, यानसु कटुवाल निर्वाचित भइन् ।
ऐरी महामन्त्री गगन थापानिकट उम्मेदवार हुन भने परियार सभापति शेरबहादुर देउवानिकट हुन ।
ऐरीले टिकट नपाएपछि ऐरको समूहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेको थियो ।
निर्वाचन परिणाम हेर्नुहोस्

Categorized in राष्ट्रिय