१७ बैशाख २०८१, सोमबार
Header

पाहाँचह्रे जात्राः चैत्र २७ गते असनमा खट जुदाउने, हेरौ जात्रा तालिका


प्रकाशित: शुक्रवार, १६ चैत्र २०८०, ११ः४० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंका नेवाः समुदायले मनाईने विभिन्न चाडपर्वहरु मध्ये पाहाँचह्रे पनि विशेष पर्व हो । 


कंग अजिमा खल संरक्षण समिति, याट्खाको व्यवस्थापनमा मनाउने यस पर्वको जात्रा विवरण तालिका सार्वजनिक गरेका छ । 


समितिका अनुसार चैत्र २५ गते आइतवारदेखि २७ गते मंगलवारसम्मको जात्राको लागि भेला हुने स्थान, रुटहरु विवरण सार्वजनिक गरेको हो ।


चैत्र २७ गते असनमा दिउँसो २ बजे खट जुराउने भएको छ । पाहुनालाई निमन्त्रणा गरेर मनाईने यो चाँड ३ दिनसम्म मनाईन्छ । 


यो पर्व अन्तिम दिन असनमा खट जुदाईने परम्परा रहेको छ । यस दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । 


वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ । 


पहिलो दिन बिहानै अधिकांश मानिसहरु सहरका विभिन्न गणेश, भैरव र अजिमाका मन्दिरमा पुग्छन भने राती शिव र आफना कुलदेवताको पूजा–आराधना गरी मौसममा पाइने मनोरञ्जनात्मक खाना खानेकुरा खाने चलन रहि आएको छ ।


जात्रा तालिका विवरणः

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD