३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

पास विना शनिवार सरकारी गाडी चलाउने २९ जनालाई कार्वाही


प्रकाशित: आईतबार, २६ फागुन २०७५, १०ः१० बजे
- महानगरखबर

काठमाडौँ । विदाका दिन शनिवार पास विना सरकारी गाडी चलाउने २९ चालकलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ । 


सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्वाही गरेको हो । 


 महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताए । 


यस अघि पनि महाशाखाले फागुन २४ गते पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । 


महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रहसमेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex