११ भाद्र २०८३, बिहिबार
Header

पासाङ विश्व बौद्ध सम्मेलन समितिको सदस्य सचिवमा नियुक्त


प्रकाशित: मंगलवार, २१ माघ २०७६, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा विश्व बौद्ध सम्मेलन मूल समारोह समितिको सदस्य सचिवमा नियुक्त भएका छन । 


सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेर्पालाई सदस्य सचिव नियुक्त गरेको हो । 


सरकारले भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरेर २०७७ वैशाखमा बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजना गर्दैछ । 


सो सम्मेलनमा संसारभरका बुद्धमार्गीहरुलाई बुद्धजन्मस्थल लुम्बिनीमा आकर्षित गर्न तथा सम्मेलनलाई सफल बनाउने काम समितिले गर्ने शेर्पाले बताए । 


समितिको अध्यक्षमा पर्यटनमन्त्री रहेका छ भने सल्लाहकारमा प्रधानमन्त्री छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex