काठमाडौं । आज विहान पाल्पाबाट रामपुरको विभिन्न सहकारीको अवलोकनको लागि हिडेको भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सो दुर्घट्नामा परी ९ जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतलामा उपचार भईरहेको प्रहरीले जनाएको छ । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समूह भ्रमणमा निस्केका थिए ।
दुर्घटनामा मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण, कमला कार्की, तानसेन–६ का सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, सचिन बज्रार्चाय, गिता बुढाथोकी डिभिजन सहकारी कार्यालय पल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन–२ का लोकनाथ ढकाल,तानसेन–५ की दुर्गादेवी श्रेष्ठ, तानसेन–२ की मुना (मधु) सारु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेहनेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन, उत्तमकुमार बज्राचार्य, ओम मलेगो, मिना खाम्चा, चालक अर्जुन थापा र प्रविण बज्राचार्य, सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ ।
प्रहरीका अनुसार घाइते मुना सारु र ओम मलेगोलाई लुम्बिनी मेडिकल कलेज रेफर गरिएको छ भने बस चालक अर्जुन थापालाई काठमाडौं लैजाने तयारी भैरहेको छ ।
..........
काठमाडौं । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको एक बस शुक्रबार दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस आज बिहान तानसेनको रम्भा गाउँपालिका–४, होमिनमा सडकबाट खसेर भएको दुर्घटना भएको हो । सो बसमा २० यात्रु रहेको जनाएको छ ।
सो दुर्घट्नामा परि मृत्यु हुनेहरुमा ९ पुरुष र ३ महिलाको मृत्यु भए पनि सनाखत हुन बाँकी छ । त्यसैगरी दुर्घट्नामा घाईते भएका १५ जनालाई स्थानीय अस्पताल लगिएकको पाल्पा प्रहरीले जनाएको छ ।
Categorized in समाज