८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पार्टी सभापतिको प्रतिस्पर्धामा प्रकाशमान सिंह 


प्रकाशित: शनिवार, ३ साउन २०८२, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीभित्र आफूलाई अबको सभापतिका रूपमा हेर्ने कार्यकर्ताहरूको चाहना रहेको स्पष्ट पारेका छन । 


शनिबार राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा उनले प्रधानमन्त्री र सभापति बाहेकका सबै जिम्मेवारीमा रहीसकेको उल्लेख गर्दै अब आफू सभापतिको स्वभाविक दाबेदार भएको बताएका हुन ।

 
नेपाली कांग्रेसमा सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको छु । जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री र उपसभापति भएर काम गरिसकेको छु । 


सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेको छु, सिंहले भने, ‘अब पार्टीभित्र कुन पदमा मेरो दाबेदारी होला, तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ । 


उनले पार्टीको विभिन्न तह र जिल्लामा जाँदा कार्यकर्ताहरूले आफूलाई सभापतिको रूपमा हेर्न चाहेको प्रतिक्रिया दिने गरेको पनि उल्लेख गरे ।


पार्टीका साथीहरू भन्छन – तपाईंलाई सभापति देख्न चाहन्छौं, उनले भने, अहिले म पार्टीका साथीहरूसँग यस विषयमा छलफलमै छु ।’


सिंहले आफूले पाएको जिम्मेवारीहरू सधैं इमानदारीपूर्वक निर्वाह गर्दै आएको र आगामी भूमिका पनि त्यसैअनुसार रहने संकेत गरे ।


राजनीतिमा आफू कुनै पदको लोभले प्रवेश नगरेको स्पष्ट पार्दै उनले भने, हामी राजनीतिमा लाग्दा सांसद, मन्त्री हुन्छौं भन्ने लागेका थिएन । तानाशाही अन्त्य गर्न र जनतालाई अधिकारसम्पन्न बनाउने सपना लिएर राजनीतिमा होमिएका हौं । 


उनले प्रजातन्त्रको रक्षाका लागि कठिन समयमा पनि अघि बढेको अनुभव सुनाउँदै भने, राजाले सत्ता लिएपछि अवस्था निकै असहज भयो। धरपकड, गिरफ्तारीजस्ता चुनौतीका बीच पनि हामी अघि बढ्यौं। राजनीतिमा सधैं चुनौती हुन्छन्, तर तिनलाई पार गर्न सक्नुपर्छ । 


कांग्रेसभित्र आगामी महाधिवेशनतर्फ संकेत गर्नेगरी सिंहको यो अभिव्यक्ति आएको छ । पार्टीभित्र नेतृत्व परिवर्तनको बहस सुरु भइसकेको सन्दर्भमा सिंहको दाबीले आगामी दिनमा थप राजनीतिक सरगर्मी बढाउने अनुमान गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex