काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य पार्टीले जिम्मेवारी दिए र महानगरवासीले सयहोग गरे पुन महानगरको प्रमुख (मेयर) मा उम्मेदवार दिने बताएका छन ।
काठमाडौं महानगरपालिका २१ वडाबाट स्थित गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा उद्घाटन कार्यक्रमपछि पत्रकाहरुको जिज्ञासामा प्रमुख शाक्यले सो कुरा बताएका हुन ।
‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यक्ता अनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो’, प्रमुख शाक्यले भने, ‘अर्को भनेको महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो, होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौं महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौं ।’
उनले महानगरभित्र रहेको थुप्रै सम्पदाहरु पुनिनिर्माण गरिसकेको बताउँदै तर अझै पनि केही सम्पदाहरुको जिर्णोद्धार गर्न बाकी रहेको तर ती सम्पदाहरु गुठी र पुरातत्व विभाग अन्तर्गत रहेकोले सो जिर्णोद्धारको जिम्मा महानगरलाई दिए पुनिनर्माण गरिने बताए ।
प्रमुख शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता समेत जनाए । उनले रानीपोखरीको केही काम बाँकी रहेकोले काम सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गर्ने पनि बताए ।
कमलपोखरी पुननिर्माणको काम पनि अन्तिम चरणमा पुगेको र हिजो मात्र पोखरीमा ९ वटा चैत्यहरु प्रतिस्थापन गरेको प्रमुख शाक्यले सो अवसरमा बताए ।
Categorized in स्थानिय