१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पार्किङ निषेधपछि न्यूरोडका व्यवसायीहरु आन्दोलनमा 


प्रकाशित: मंगलवार, ९ माघ २०८०, १२ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा मंगलवारदेखि पार्किङ निषेध गरेको छ । 


पार्किङ निषेध गरलगत्तै व्यवसायीहरु आन्दोलनमा उत्रेका छन । उनीहरुले सटर बन्द गरको विरोध जनाएका हुन । 


व्यवसायी यसबारे छलफल गर्न वडा कार्यालय जाने भएका छन । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने व्यवसायीहरुको भनाई छ ।

 


महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको जनाएको छ ।


महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ।


प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार बागबजारस्थित काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने छ ।

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex