२१ बैशाख २०८१, शुक्रबार
Header

पार्किङ निषेधको विरोधमा काठमाडौं–२२ वडामा तालाबन्दी


प्रकाशित: आइतवार, १४ माघ २०८०, १८ः१० बजे
- महानगरखबर

काठमाडौं । न्यूरोड क्षेत्रको पार्किङ निषेधको विरोधमा काठमाडौं–२२ वडामा तालाबन्दी गरिएको छ ।

 
आइतवार वडा अध्यक्ष चिनिकाजी महर्जनले पार्किङ निषेधको विरोधमा मतदाताहरुले तालाबन्दी गरेको बताएका छन ।

 


‘सो निर्णयको बिरोधमा आज आफ्नै मतदाताहरुले तालाबन्दी गर्दा मुकदर्शक हुन बाध्य भए ।’ भनेर आफ्नो फेसबुकमा लेखेका छन ।

 
अध्यक्ष महर्जनले स्थानीय जनप्रतिनिधिहरुको छलफल र सुझाव बेगर काठमाडौ महानगरपालिकाको पार्किङ निषेध निर्णयको  कारण सो घट्ना हुन पुुगेको उल्लेख गरेका छन । 


महानगरले माघ ९ गते मंगलवार न्यूरोड क्षेत्र धर्मपथ, खिचापोखरी, महाबौद्ध, न्यूरोड विशाल बजार क्षेत्रको पार्किङ निषेध गरेको छ । 


स्थानीय वडा अध्यक्ष, व्यपारी तथा सरोकारवालाहरुसँग कुनै छलफल विनानै महानगरले पार्किङ निषेध गरेपछि व्यवासायीहरु आन्दोलनमा छन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD