१३ बैशाख २०८१, बिहिबार
Header

पार्किङमा राखेको गाडी अचानक गुड्दा एक जनाको मृत्यु


प्रकाशित: शनिवार, १४ मंसिर २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । पार्किङमा राखेको गाडी अचानक गुड्दा काठमाडौं महानगरपालिका–९ तिलगंगा सत्यसाई प्यालेस अगाडि एक जनाको मृत्यु भएको छ ।


शनिवार बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा सह–चालक भक्तपुर चाँगुनारायण नगरपालिका–४ घर भएका २५ वर्षीय अभिषेक तामाङको मृत्यु भएको हो । 


गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर तामाङको मृत्यु भएको हो ।


प्रहरीका अनुसार गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD