२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पार्किङको विकल्पको माग गर्दै न्यूरोडका व्यवसायी उत्रे आन्दोलनमा (तस्वीरहरु)


प्रकाशित: बुधवार, १० माघ २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । पार्किङको उचित विकल्प विना पार्किङ हटाउको विरोधमा बुधवार पनि न्यूरोडका व्यवसायीहरु अन्दोलनमा उत्रेका छन । 


उनीहरुले आज विहान न्यूरोड क्षेत्रका पसलहरु विहान २ घण्टा बन्द गरेर विरोध जनाएका थिए ।


न्यूरोडका व्यपारी, व्यवसायी संस्था, विशाल बजार कम्पजी, बाणिज्य संघ,स्थानीय संघ, संस्थाहरुले महानगरको उक्त कदमको बिरोधमा नारावाजी जुलुस समेत गरका छन । 

 


उनीहरुले ‘बालेन तेरो पाराले दुःख पायो साराले’, ‘व्यपारीलाई बाच्न देउ’, घर भाडा तिरे दे,’ लगायतका नारा लगाएका थिए । 


पसल बन्द गरेर जुद्ध सालिकामा भेला भई उनीहरूले बुधबार विरोधका कार्यक्रम गरेका थिए । 


सवारी साधन पार्किङको उचित विकल्प नदिई महानगरले न्युरोड क्षेत्रका कालोपत्र सडकमा सवारी साधन पार्किङ रोकेको व्यवसायीहरूको भनाइ छ । 

 


महानगरपालिकाले मंगलवारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोक लगाएपछि यहाँका व्यवसायीहरू विरोधमा उत्रिएका हुन ।

 
विकल्प पार्किङको रुपमा महानगरले न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निस्शुल्क सवारी साधन पार्किङको सुविधा उपलब्ध गराएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताएका छन । 

 


तस्वीरहरुः अन्जितमान डंगोल/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex