काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औं नगरसभा अधिवेशन सम्पन्न भएको छ ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा असार २९ गतेदेखि सुरु भएको अधिवेशनको दोस्रो बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेट संशोधनसहित सर्वसम्मत रूपमा पारित गरिएको हो ।
बैठकमा शिक्षा, स्वास्थ्य, सम्पदा, सरसफाइ र सुशासनलाई प्राथमिकता दिँदै बजेट निर्माण गरिएको जानकारी गराइएको छ ।
नगरसभामा रहेका ९ प्रस्तावसहित विविध विषयका प्रस्तावहरू समेत छलफलपछि पारित गरिएका छन ।
नगर उपप्रमुख सुनिता डंगोल वल्र्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर २०२५’ मा छनोट भएकोमा नगरसभा सदस्यहरूले उठेर बधाई दिएका थिए ।
Categorized in महानगर