काठमाडौं । संशोधनसहित काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
सोमवार बसेको १५ औं नगरसभाको पाँचौ बैठकमा उक्त नीति तथा कार्यक्रममा महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गरी पारित भएको हो ।
नगरसभाको सदस्यहरुको प्रतिनिधित्व गर्दै तीन वडाध्यक्षहरु वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली र वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधन प्रस्ताव तयार गरी असार २ गतेको नगरसभा बैठकमा पेस गरेका थिए ।
नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित गरिएको हो ।
१० असारमा बजेटकै दिन प्रमुख बालेनले नीति कार्यक्रममा छलफल गराए । तर, उक्त दिन मानन्धर, पराजुली र डंगोलले नीति कार्यक्रममा साझा संयुक्त संशोधन प्रस्ताव पेस गरेका थिए ।
Categorized in स्थानिय