१५ बैशाख २०८१, शनिबार
Header

पानीको संकटमा भारतमा चेन्नई शहर आक्रान्त


प्रकाशित: बुधवार, ४ असार २०७६, १०ः२० बजे
- महानगरखवर

काठमाडौं । पानीको चरम अभाव भएपछि भारतको चेन्नई शहर यतिखेर आक्रान्त बनेको छ । 


शहरको रेष्टुराँ, होटलहरु बन्द भएका छन । अहिले पानीको लागि ठुलो मूल्य चुकाउनु परिरहेको अधिकारीहरुले बताएका छन । 


अधिकारीहरुका अनुसार पानीका स्रोतहरु सबै सुकेका छन अब वर्षाले मात्र चेन्नाईलाई जोगाउन सक्छ ।


भारतमा जनसंख्याको हिसाबले छैठौं ठूलो शहर चेन्नाईमा पानीको हाहाकार भएपछि जमिन मुनिबाट पानी निकाल्न नयाँ–नयाँ ठाउँको खोजी भइरहेको छ । नयाँ बोरवेल खन्ने काम भइरहेको छ ।


अधिकारीहरुका अनुसार चेनाईका प्राकृतिक ताल सुकेपछि मई महिनाको पहिलो हप्तामै चेन्नाई मेट्रो वाटरले शोलावरम र सेंगुदरम तालबाट पानी ल्याउन बन्द गरेका थिए । 


जेठ ३२ गते काठमाडौमा उपत्यकवासीहरुले पानिको अभावका काठमाडौ काकाकुल भएको भन्दै प्रदर्शनी गरेको थियो । 


मेलम्चीले पानीको समस्या सामाधान गर्ने सरकारी आश्वासनबाट दिक्क भएर जनता पानी देउ सरकार भन्दै सडक प्रदर्शनमा उत्रेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD