१२ भाद्र २०८३, शुक्रबार
Header

पानीको बहाव बढेपछि कोशीको ५६ वटै ढोका खोलिए


प्रकाशित: आईतबार, २९ असार २०७६, ०८ः०० बजे
- महानगरखवर

काठमाडौं । पानीको बहाव बढेपछि कोशी ब्यारेजको ५६ वटै ढाको खोलिएको छ । 


ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालका अनुसार लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको हो । 


ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ रहेको र पानीको बाहावलाई नियालिरहेको सहायक प्रहरी निरीक्षक दाहालले बताए ।


९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको छ । शनिबार तीन लाख १८ हजार ६५० क्यूसेक पानी बगिरहेको थियो ।


दश बर्ष अघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुट्दा ठुलो विपत्ती आएको थियो भने कयौं महिना पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । 


प्रहरीका अनुसार पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरेको बताएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex