१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पाथिभरा मन्दिरमा भेटी स्वरुप ५० लाख संकलन


प्रकाशित: शुक्रवार, १४ मंसिर २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको पाथीभरा भेटीघाटी व्यवस्थापन समितिले जनाएको छ । 


गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको समितिका सदस्यसचिव उदय भट्टराईले बताए । 


भेटीघाटीमा भारतीय रुपैया र सुनचाँदीलगायत गरहना बाहेको सो रकम भएको सचिब भट्टराईले जानकारी दिए । 


मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गरी स्थानीय अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । 


वार्षिक स्वदेशी तथा विदेशी गरी रु दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको समितिले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex