काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियुमा अध्यक्षमा नेपाल विद्यार्थी संघका रोहित कपाली स्ववियु अध्यक्षमा निर्वाचित भएका छन ।
अध्यक्षमा रोहित कपाली ९०६ मत प्राप्त गर्दै विजयी भएका हुन उनका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका तिलकबहादुर कुमाललाई पराजित गरका हुन । उनले ले ३६५ मत ल्याएका छन ।
त्यसैगरी, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका दीपककुमार राना मगरले १५३ मत ल्याएका थिए ।
त्यस्तै सचिवमा नेविसंघका रूपक न्यौपाने ५४७ मत प्राप्त गर्दै विजयी भए । अनेरास्ववियुका नितिन पाण्डेयले ४८६ र अखिल क्रान्तिकारीका टिकाराम खत्रीले ४५६ मत पाए ।
त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघकै प्रज्वल तामाङ विजयी भएका छन उनले ५९२ मत ल्याई जितेका हुन । अनेरास्ववियुका सुष्मा शाहीले ४४९ र अखिल क्रान्तिकारीका उदय पोख्रेलले ३६२ मत ल्याए ।
सदस्यहरुमा नेविसंघबाट राम दाहाल, दिपेन्द्र अगरेजा मगर, प्रल्हाद कटुवाल, विशाखा शाही, जेनिश शाह, रोशन खत्री र रिशब भगत सदस्य निर्वाचित भए ।
एक जना सदस्यमा भने अनेरास्ववियुबाट माधव पाण्डे विजयी भए । शनिबार सम्पन्न भएको मतदानमा १ हजार ६७७ मत खसेको थियो ।
यसअघि चैत ५ गते ११९ मत खसेपछि विद्यार्थी संगठनबीच झडप भएपछि मतदान स्थगित भएको थियो ।
4 May 2025, Sunday
Categorized in समाज