१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

पाटन दरवार परिसरमा नेपाल चीन एक्स्पो – २०१८ हुँदै


प्रकाशित: विहिवार, १८ असोज २०७५, १०ः०० बजे
- रवि महर्जन

काठमाडौं । ललितपुरको ऐतिहासिक पाटन दरवार क्षेत्र परिसरमा शुक्रवारदेखि ५ दिनसम्म नेपाल चीन एक्स्पो– २०१८ हुँदैछ । 


अरनिको सांस्कृतिक तथा व्यवसायिक प्रवद्र्धन समाजले विहिवार एक पत्रकार सम्मेलन गरी सो जानकारी दिएको छ । समाजको आयोजनमा असोन १९ गते शुक्रवारदेखि २३ गते मंगलवारसम्म नेपाल चीन एक्स्पो– २०१८ हुने भएको हो । 


‘व्यापार र सांस्कृतिक संगम’ थलोको रुपमा लिएको यस मेलाले दुई देशको मौलिक संस्कृति, परम्परासँगै व्यवसायिक उत्पादनहरुको आदान–प्रदान गर्ने सु–अवसर प्रदान गर्ने आयोजकले जनाएको छ । 


एक्स्पोले दुई देशविचको व्यपारिक सम्बन्धको विस्तार, आर्थिक विकास र बजार विस्तारमा टेवा पुरयाउने विश्वास लिएको पत्रकार सम्मेलनमा आयोजक संस्था समाजले जानकारी दिएको थियो । 


मेलामा करिब १ सय वटा स्टलहरु रहने जसमध्ये ६० वटा स्टलमा चिनियाँ सामाग्रीहरुको स्टल रहनेछ भने बाँकी स्टलहरुमा नेपालका हस्तकला, प्रस्तरकला, धातुकला लगायतका विभन्न घरयासी समानहरु रहनेछ । 


त्यसैगरी चीनबाट उत्पादित कपडा, जुत्ता, ज्ञानबद्र्धक सामाग्री, दैनिक उपभोग्य घरयासी सामाग्री, खेलकुद लगायतका सामाग्रीहरुको स्टल रहनेछ । 


सो एक्स्पोमा स्वदेशमै उत्पादित लुभुको टेक्सटाईल उद्योगबाट उत्पादीत आकर्षक डिजाईनको पहिरनहरुको शनिवार ‘फेशन सो’ समेत गरिनेछ । 


अयोजकका अनुसार मेला अवधिभर नेपाली परम्परागत तथा मौलिक नृत्य तथा संगीतबाट मेलामा आउने सहभागीहरुलाई मनारेन्जन प्रदान गरिनेछ । त्यसैगरी विभन्न लाखे नाच, बाजागाजा, ललितपुरका मुर्त, अमुर्त संस्कृतिको जीवन्त प्रस्तुती गरिनेछ । 


सो एक्स्पो २ लाख भन्दा बढीले अवलोकन गर्ने विश्वास लिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । 


पत्रकार सम्मेलनम समाजका अध्यक्ष अजरमान जोशीले एक्स्पोको उदेश्य तथा महत्ववारे प्रकास पारेका थिए । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex