८ जेठ २०८१, मंगलबार
Header

पाटन दरवार क्षेत्रमा ‘स्मार्ट शौचालय’ निर्माणको शिलान्यास


प्रकाशित: विहिवार, १८ गते २०८०, १६ः५० बजे
- महानगरखबर

काठमाडौ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पाटन दरवार क्षेत्रमा ‘स्मार्ट शौचालय’ निमार्णको शिलान्यास गरेका छन ।


बिहीबार महर्जनले शिलान्यास गरेको शौचालयमामा स्तनपान कक्षसमेत रहने बताएको छ । 


६ महिनाभित्र निर्माण सम्पन्न गरिने तयारीका साथ शौचालयको शिलान्यास गरिएको हो । शौचालय अपाङगता र ज्येष्ठ नागरिकमैत्री हुनेछ । 


ललितपुरको प्रत्येक वडामा एक स्मार्ट शौचालय निर्माण गरिने योजना अनुसार अघि बढेको प्रमुख महर्जनको भनाई छ । ्


पर्यटकलाई लक्षित गरेर निर्माण हुन लागेको यस शौचालयमा ६ वटा युरेनलसहितको तीन पुरुष शौचालय र ६ वटा महिला शौचालय निर्माण हुनेछ ।


पीपीएण्डपी सिर्जनशील जेभीले यो शौचालय निर्माणको जिम्मा पाएको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD