२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पाटन अस्पताललाई अक्सिजन प्लान्ट किन्न ललितपुर महानगरको एक करोड


प्रकाशित: शुक्रवार, १० पुष २०७७, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । पाटन अस्पताललाई अक्सिजन प्लान्ट किन्नका लागि ललितपुर महानगरपालिकाले एक करोड दिने भएको छ ।


महानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले प्लान्ट खरिद गर्नका लागि उक्त रकम अस्पतालाई दिने निर्णय गरेको समितिको संयोजक समेत रहेका महानगर प्रमुख चिरिबाबु महर्जनले बताएका छन । 


महानगरका प्रमुख चिरीबाब कोरोना संक्रमितको उपचारका लागि पाटन अस्पतालले राम्रो काम गरेकाले सहयोग गर्ने निर्णय गरेको बताए ।


पाटन अस्पताललाई सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि हब अस्पतालको रुपमा तोकेको छ । पाटन अस्पतालसँगको बैठकपछि  अक्सिजन प्लान्ट अत्यावश्यक भएकाले सहयोग गरेको महर्जनले स्पष्ट पारे ।


अस्पतालका निर्देशक प्रा.डा रवि शाक्य, अन्य चिकित्सक र कर्मचारीले अक्सिजन प्लान्ट बिग्रिएकाले कोभिडका बिरामीको उपचार कठिन भएको महानगर प्रमुख चिरीबाबु सुनाएका थिए । 


प्रमुख महर्जनको नेतृत्वमा अस्पताल निरिक्षण गर्न उपप्रमुख गीता सत्याल, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद कोइराला, कोभिड फोकल पर्सन देवी थापा गुरुङलगायत गएका थिए । 


महानगरप्रमुख चिरीबाबुले अक्सिजन प्लान्ट खरिदको लागि लागत इस्टिमेट सहितको प्रस्ताव पेश गर्न अस्पताललाई अनुरोध गरेका छन । 


अस्पताललाई प्लान्ट खरिदको लागि बसेको बैठकमा वडा नं २१ का वडा अध्यक्ष रविन्द्र महर्जन, २४ का वडा अध्यक्ष दिनेश कार्की, ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जन, २० नं वडाका अध्यक्ष चन्द्र महर्जन, १२ का अध्यक्ष नारायणलाल अवाले लगायतको उपस्थिति थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex