काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट एक जना थुनुवा फरार भएका छन् ।
बलात्कार मुद्दाका थुनवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् ।
प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो ।
सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको छ ।
फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएका छन । १९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् ।
20 March 2025, Thursday
Categorized in समाज