२७ बैशाख २०८१, बिहिबार
Header

पाटनमा यसरी मनाईयो सम्यक महादान (फोटोफिचर)


प्रकाशित: विहिवार, १५ फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । ललिपुरको पाटनमा हरेक ५ बर्षमा एक पटक मनाईने सम्यक महादान मनाईएको छ ।


बुधवार बेलुकादेखि सुरु भएको सम्यक महादान पर्व ललिपुर, भक्तपुर, काठमाडौबाट सहभागी भएका बुद्धधर्मालम्बीहरुले धुमधामसँग मनाएका छन ।


एकसाथ १ सय २६ बुद्धहरु एक ठाउँमा राखेर देखाईने यस पर्व उपत्यकावासीको लागि विशेष हुने गर्दछ । उपत्यकाका विभिन्न शहरबाट पाटन दरवार परिसर आइपुगेका बुद्धका अवतार लाइन लगाएर नाग वहालमा देखाईन्छ ।


सो अवसरमा दिपांकर बुद्ध, बसुन्धारा, आर्य तारालगायत बुद्धका मूर्तिसँगै राखेर दिनभर पूजा तथा दान लेन देन गरि सम्यक महादान पर्व मनाइन्छ ।


पर्वमा नेवार–बौद्ध परम्परा अनुसार शाक्य तथा बज्राचार्य भिक्षुहरु, विशेषगरी दिपंकर बुद्ध, आवलोकितेश्वर , बसुन्धरा, आर्यतारा लगायत दान दिईन्छ ।


सम्यक महादान पाटनमा ५ वर्षमा एक पटक, काठमाडौंमा १२ वर्षमा र भक्तपुरमा हरेक वर्ष मनाउने गरिन्छ । पाटनमा २ सय बर्षअघि हरेक वर्ष यो पर्व मनाइन्थ्यो भन्ने जनश्रृती छ । 


सम्यक महादान भन्नाले शुद्ध मनले निःस्वार्थ दान गर्ने एवं सम्यक सम्बोधितर्फ लैजाने बोधिसत्व मार्ग बुझिन्छ ।


सम्यक महादान नेवाः बुद्ध धर्मवाबलम्बीहरुले महान पर्वको रुपमा मनाउने गर्छन ।

 

 

 



तस्वीरः सुगतरत्न सिन्धुरकारको फेसबुकबाट 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD