१३ बैशाख २०८१, बिहिबार
Header

पाकिस्तानी पूर्वराष्ट्रपति जर्दारीसहति १७२ जनालाई विदेश भ्रमणमा रोक


प्रकाशित: विहिवार, १३ पुष २०७५, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान नपाउने भएको छ । 


पाकिस्तानी सरकारले बिहीबार सूचना जारी गर्दै जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको हो ।


भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान छ र यी सबैलाई विदेश जान रोक लगाएको छ । 


उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । 


जर्दारी सन २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD