१६ चैत्र २०८०, शुक्रबार
Header

पाकिस्तानले भारतसँग व्यापारिक सम्बन्ध तोड्यो, राजदुत पनि बोलायो


प्रकाशित: बुधवार, २२ साउन २०७६, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । भारतले जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेपछि भारत – पाकिस्तानविच सुरु भएको तनावले व्यापारिक सम्बन्धमा असर गरेको छ । 


भारतले संविधानको अनुच्छेद ३७० लाई निश्प्रभावी बनाएकोमा पाकिस्तानले कडा प्रतिक्रिया दिँदै पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने घोषणा गरेको छ ।


प्रधानमन्त्री इमरान खानको नेतृत्वको भएको बैठकले सो निर्णय गरेको हो । बैठकमा भारत सरकारको एकतर्फी र गैरकानुनी कारबाही गरेपछि उत्पन्न भएको परिस्थितिबारे चर्चा गरिएको थियो । 


विदेशमन्त्री शाह मोहम्मद कुरैशीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार दिल्लीस्थित पाकिस्तानी दूताबासबाट आफ्ना राजदूतलाई फिर्ता बोलाउने र इस्लामाबादबाट भारतीय राजदूतलाई फिर्ता पठाउने निर्णय गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD