काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा लगातार परेको मूसलधारे वर्षापछि आएको बाढी र विपद्का कारण २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश मृतक घर भत्किँदा, डुबेर वा करेन्ट लागेर ज्यान गुमाएका हुन ।
राजधानी इस्लामावादसहित रावलपिण्डी क्षेत्रमा नदीको सतह खतरा तह पार गरेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।
चकवालमा ४०० मिमि वर्षा भएपछि उद्धारकार्य तीव्र पारिएको छ । पञ्जाब प्रदेशमा आपतकाल घोषणा गरिएको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परिरहेको पाकिस्तानमा सन् २०२२ को बाढीले १,७०० जनाको ज्यान लिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय