१६ चैत्र २०८०, शुक्रबार
Header

पाकिस्तानमा भूकम्प, चार जनाको मृत्यु, नयाँ दिल्लीमा पनि धक्का


प्रकाशित: मंगलवार, ७ असोज २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । पाकिस्तानमा मंगलवार ५.८ म्याग्नेच्युडको भूकम्प आएको छ ।


भूकम्पको कारण पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको भने ५० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ ।


भूकम्पले गर्दा पाकिस्तानको सडकहरु चिराचिरा परेको विविसी समाचारमा उल्लेख छ । 


पाकिस्तानी सञ्चारमाध्यमका अनुसार स्थानीय समय अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो । 


भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लमा समेत गएको सञ्चारमाध्यमहरुले जनाएको छ । 


८ देखि १० सेकेन्डसम्म निकै बलियो धक्का महशुस गरिएको भुकम्पको धक्काले राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो । 


त्यसैगरी हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD